लुम्बिनीमा सवारी दुर्घटनामा दुईको मृत्यु र एक घाइते

  • प्रकाशित मिति : December 2, 2023
  • नयाँ सवाल

भैरहवा : रुपन्देहीको लुम्बिनीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक कन्चन तामाङका अनुसार लुम्बिनीको महुवारीमा सिद्धार्थ प्रतिभा बोर्डिङ स्कूलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

मोटरसाइकलमा सवार स्थानीय २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुविना खातुनको घटनास्थलमै मृत्यु भएको छ।

घटनास्थलमै दुई जनाको मृत्यु भएपछि स्थानीयहरुले विद्यालयको उक्त बसमा आगजनी गरेका प्रहरीले जनाएको छ । दुर्घटनामा परी स्थानीय २० वर्षीया अपसाना खातुन गम्भीर घाइते भएकी छन् ।

घटनापछि फरार भएका बस चालकको खोजी र घाइतेको भैरहवाको अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।