हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनुपर्छ: शेखर कोइराला

  • प्रकाशित मिति : December 2, 2023
  • नयाँ सवाल

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूको आचरणका कारण जनतामा निराशा छाएको बताएका छन्। जनतालाई आशा जगाउने र हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनुपर्ने कोइरालाले बताए।

कांग्रेस नवलपरासी पश्चिमको सम्मेलन शुक्रबार उद्घाटन गर्दै कोइरालाले भने, ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान ठूला दलका नेतृत्वमा बसेकाहरूले स-सम्मान नेतृत्व छाड्नुपर्छ। हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनुपर्छ।’

दलका नेतृत्वमा बसेकाहरूले कुनै कालखण्डमा देश र प्रजातन्त्रका लागि राम्रो काम गरेको कोइरालाको भनाइ थियो।नेता कोइरालाले गुट र उपगुटमा रमाउन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न कार्यकर्ताहरूलाई आग्रह पनि गरेका थिए।