सातामा २७ सयले बढ्यो सुनको मूल्य

  • प्रकाशित मिति : December 2, 2023
  • नयाँ सवाल

सातामा २७ सय सुनको मूल्य बढेसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ तोकिएको थियो । यस्तै, मङ्सिर महिना भित्रमा नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको छ ।

यस्तै, महासंघले यो साता नेपाली बजारमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको जानकारी गराएको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १५ सय ४० रुपैयाँ कायम भएको छ ।

facebook sharing button
twitter sharing button
whatsapp sharing button