सक्कली प्रहरीको फन्दामा नक्कली

  • प्रकाशित मिति : December 2, 2023
  • नयाँ सवाल

वीरगन्ज । आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगन्जबाट एकजनालाई पक्राउ गरेको छ ।गैरकानुनी गतिविधि गरेको आरोपमा बाराको आदर्श कोतवाल गाउँपालिका–८, लक्ष्मीटोल निवासी ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो ।

‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा  घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै वीरगन्ज महानगरपालिका–२३, हरपतगञ्जस्थित व्यापारीसँग मासिक रूपमा रकम उठाइरहेको सूचनाका आधारमा कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।