अस्ट्रेलियासँग भारत पराजित

  • प्रकाशित मिति : January 13, 2024
  • नयाँ सवाल

काठमाडौं । एएफसी कपको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतविरुद्ध २–० को जित निकालेको छ ।

शनिबार कतारको दोहास्थित अहमेद बिन अली रंगशालामा अस्ट्रेलियालाई जित दिलाउन ज्याक्सन एर्भिन र जोर्डन बोसले गोल गरे । खेलको पहिलो हाफमा एसियाली ‘पावर हाउस’ अस्ट्रेलियालाई भारतले गोलरहित बराबरीमा रोकेको थियो ।

५०औँ मिनेटमा एर्भिनले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाए । ७३औँ मिनेटमा बोसले गोल गरेपछि अस्ट्रेलियाले अग्रता दोब्बर बनाएको थियो । यसपछि थप गोल भएन र अस्ट्रेलियाले २–० को जितसहित प्रतियोगितामा विजयी सुरुआत गर्‍यो ।

जितसँगै तीन अंक जोडेको अस्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित भारत पुछारमा छ । यो समूहमा अस्ट्रेलिय र भारतसँगै सिरिया र उज्वेकिस्तान छन् ।