आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

  • प्रकाशित मिति : January 15, 2024
  • नयाँ सवाल

काठमाण्डाै । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको तर एक/दुई दिनपछि पानी पर्न सक्ने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुुभयो ।

यस्तै, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा पानी नपरे पनि हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यस्तै, कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविद् सरोज पुडासैनीले बताउनु भयो । तराई मधेसका जिल्लामा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको छ ।