राष्ट्रियसभा निर्वाचन; जनमत पार्टीले मधेस र लुम्बिनी प्रदेश बाहेकमा गठबन्धनलाई सघाउने

  • प्रकाशित मिति : January 15, 2024
  • नयाँ सवाल

काठमाडौं । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले उठाएकोबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनलाई सघाउने बताएको छ ।

जनमतले जारी गरेको विज्ञप्ति अनुसार मधेस प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उमेदवार बनाएको छ ।

माघ ११ गते हुने निर्वाचनमा आफ्ना उमेदवारलाई विजयी गराउन पनि जनमतले अपिल गरेको छ ।

यी दुई उमेदवार बाहेकका ठाउँमा माओवादी केन्द्र नेतृत्वका गठबन्धनका उमेदवारलाई समर्थन रहेको पनि जनमतले जनाएको छ ।