रवि लामिछानेको पत्रकार सम्मेलन साढे ४ बजे, प्रश्न लिएर आउन आग्रह

  • प्रकाशित मिति : January 22, 2024
  • नयाँ सवाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लागेको सहकारी ठगीको आरोपबारे आज पत्रकार सम्मेलन गर्ने भएका छन्। काठमाडौँस्थित पार्टीको कार्यालयमा अहिले अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गरिने उनले जानकारी दिएका छन्।

यस क्रममा उनले आफ्ना विषयमा कुनै प्रश्न भए लिएर पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह पनि गरेका छन्। ‘सम्पूर्ण गाली गलोजहरू सुरक्षित राख्नुहोला। कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ। पार्टी कार्यालयमा आज ४:३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनु होला’, रविले भनेका छन्।