काठमाडौँ । सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले खाली रहेको एजेन्सीमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिइन् ।