घुससहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

  • प्रकाशित मिति : January 26, 2024
  • नयाँ सवाल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले बिहीबार घुससहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई नियन्त्रणमा लिएको हो । काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।

सात हजार घुस लिएको अवस्थामा र बाँकी ४५ हजार ९७५  स्रोत नखुलेको रकमसहित उनलाई नियन्त्रणमा लिएको अख्तियारले बताएको छ । नियन्त्रणमा लिएर उनीमाथि  थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।