बेनीमा धारिलो हतियार प्रहार गरेर एक युवाको हत्या

  • प्रकाशित मिति : January 26, 2024
  • नयाँ सवाल

बेनी ।  म्याग्दीको बेनी बजारमा बिहिबार साँझ धारिलो हतियार प्रहार गरेर एक युवाको हत्या भएको छ।

रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए। गर्बुजा बेनी नगरपालिका–८ पिपलचोकमा अस्थायी रुपमा बस्दै आएका थिए।

प्रनाउ कुँवरका अनुसार बेनीको न्युरोडमा युवाहरूको समूहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

उनको टाउको र छातीमा चोट लागेको थियो। थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान कार्य एकै साथ भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कुमार गरुङले बताए।