अफगानिस्तानको खोस्तबाट युएईका लागि उडान सुरु

  • प्रकाशित मिति : January 27, 2024
  • नयाँ सवाल

उलानबाटोर । खोस्त अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई) को अल एनका लागि पहिलो पटकको व्यावसायिक उडान सुरु गरिएको छ ।

स्थानीय टेलिभिजन टोलो न्यूजले शनिबार जानकारी गराएअनुसार विमानस्थलबाट हरेक हप्ता दुई वटा उडान भर्ने तय गरिएको छ । यसैगरी स्थानीय बासिन्दा तथा  यात्रुहरूले थप उडानको माग गरिरहेको टोलोन्युजले जनाएको छ ।

संयुक्त अरब इमिरेट्सको फ्लाई दुबई एयरलाइन्सले दुई वर्षभन्दा बढीको निलम्बनपछि गत नोभेम्बरमा दुबईबाट काबुलका लागि पुनः उडान सुरु गरेको थियो ।