ब्रोकर कम्पनीको समस्या : समयमा भुक्तानी नहुँदा लगानीकर्ताको आक्रोश

  • प्रकाशित मिति : February 4, 2024
  • नयाँ सवाल

सेटलमेन्ट टी प्लस टुमा हुनुपर्ने व्यवस्था भएको उनी बताउँछन् । तर, ब्रोकरहरूले भने सेयर बेचेको तेस्रो कारोबार दिनमा रकम लगानीकर्ताको खातामा पठाउने गरेको सापकोटा बताउँछन् ।

कतिपयले भने ब्रोकरले सानो कारोबार गर्ने लगानीकर्ताको पैसाले सेयर खरिद गर्ने र त्यसबाट फाइदा आएपछि मात्र लगानीकर्ताको खातामा पठाउने गरेको आरोप लगाउने गरेका छन् ।  ठूलो मात्रमा करोबार गर्ने लगानीकर्तालाई भने ब्रोकरले यो नियम विपरित पनि सेयर खरिद–बिक्री गर्न स्वीकृति दिने गरेको बताउँछन् ।

सेयर खरिद गर्ने लगानीकर्तालाई ब्रोकरहरूले दुई दिनमै पैसा जम्मा गर्न ताकेता समेत गर्ने गरेका छन् ।  कतिपय ब्रोकरले त पहिले रकम जम्मा गरेर मात्र सेयर खरिद गर्न अनुमति दिने गरेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पनि यस्ता उजुरी पनि आउने गरेका छन् ।

सोहीअनुसार, छानविन गरेर कारबाही गरिएको पनि नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्  “ब्रोकरले सेयर बेचेको रकम समयमा नहालेको भन्दै उजुरी पर्ने गरेको छ । हामीले कारबाही पनि गरेका छौं,” उनले भने, “त्यसरी ढिला गरेको छ भने हामीले ब्रोकरलाई ब्याज पनि तिराउने गरेका छौं । ब्रोकरकै स्वार्थका कारण पनि यस्तो हुने गरेको पाइएको छ । कतिपय त ग्राहकले नै समयमा विवरण नबुझाउँदा पनि पैसा ढिला आउने गरेको छ ।”

नेप्सेका अनुसार, हाल नेपालमा ८६ ब्रोकर कम्पनी छन् भने दुई स्टक डिलर छन् । पछिल्लो समय ब्रोकर कम्पनी थपिए पनि सेवा भने पुराना भन्दा केही फरक नभएको गुनासो पनि आउने गरेको छ ।