क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

  • प्रकाशित मिति : February 9, 2024
  • नयाँ सवाल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया पूरा भइसकेको थियो ।