भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्यादको विपक्षमा उभिने रास्वपाको निर्णय

  • प्रकाशित मिति : August 13, 2024
  • नयाँ सवाल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने जनाएको छ । मंगलबार बसेको सो पार्टीको दलको बैठकले उक्त निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘त्यो कुनै हालतमा स्वीकार्य हुँदैन । भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ । विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ । यसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ’, परियारको भनाइ छ ।

बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय पनि गरेको छ । ‘जलनसम्बनधी विधेयक अन्तिम छलफल हुँदैछ र सम्भवतः हामी आजै दर्ता गराउँछौँ’, परियारले बैठकपछि भने, ‘नेपाल विद्युत बक्यौता सम्बन्धी विषय संसदमा जोडतोडका साथ उठाउँछौँ ।’