काठमाडौँ । अमेरिकामा एक नेपाली नर्स बेपत्ता भएकी छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार वासिङटन डीसीनजिकैको भर्जिनिया क्षेत्रको इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पसअन्तर्गतको प्रिन्स विलियम अस्पतालमा कार्यरत नर्स २८ वर्षीया ममता काफ्ले भट्ट २ हप्तादेखि हराइरहेकी हुन्। उनी गत जुलाई ३१ देखि बेपत्ता भएको भनी मिनासास क्षेत्रका स्थानीयले प्रहरीमा उजुरी दिएका छन्।
मिनासास पार्क क्षेत्रको प्रहरीले पनि ममता हराएको सूचना जारी गरेको छ। ममताले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफ्नो श्रीमान्सँग खटपट परेको संकेत गरेकी थिइन्। उनका अनुसार ममता ६ महिने बच्चाकी आमा हुन्। उनले सामाजिक सञ्जालमार्फत श्रीमान्सँग अलग हुन चाहेको उल्लेख गरेकी थिइन्। यसको केही दिनपछि उनी बेपत्ता भएकी हुन्। उनका साथीहरूले उनीसँग अन्तिमपटक जुलाई २८ मा कुरा भएको बताएका छन्।
श्रीमान्ले भने जुलाई ३१ मा अन्तिमपटक देखेको बताएका छन्।