कैलाली जिल्लाको अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा पछिल्लो ६ घन्टामा ९०.२ मिलिमिटर वर्षा भएको छ ।
भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।
अहिले काठमाडौं लगायत देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकासहित बारा, पर्सा, कैलाली, कञ्चनपुर, नुवाकोट, पाल्पा, पर्वत, अछाम र कञ्चनपुरमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।