टप स्टक ट्रेडरसमूहको महाअभियान सुरु, प्रमुख प्राथमिकतामा पुजीँबजारको उत्थानको लागी पहरेदारी र खबरदारी

  • प्रकाशित मिति : August 31, 2024
  • नयाँ सवाल

काठमाडौँ । पुजीँबजारमा लगानीगर्ने लगानीकर्ताहरुको समूह टप स्टक ट्रेडरको, आज शुक्रबार काठमाडौँको शङ्खा पार्क मा दिउसोँ ४:३० बजे भेला बसेको छ।काठमाडौँ उपत्यका भित्रका लगानीकर्ताहरु उपस्थित हुने उद्देश्यले गरिएको भेलामा ३४  जनाको सहभागिता भएको हो ।

अग्रज लगानीकर्ता रमेश भट्टराईको संयोजकत्वमा बसेको भेला ले टप स्टक ट्रेडरसमूहलाई बैधानिक दर्ता प्रक्रियामा जाने छलफल गरेको छ। भेला ले पुजीँबजारको विकासका लागी हरबार खबरदारी र पहरेदारी गर्ने , पुजिँबजार मैत्री नितिको समर्थन गर्ने र प्रतिकुल नितिहरुको विरुद्व दबाब दिन एकजुट हुने छलफल गरेको छ ।

पुजीँबजारका लगानीकर्ता रमेश भट्टराईले आमागी दिनमा लगानीकर्ता एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । त्यस्तै पुराना लगानीकर्ता रमेश जोशीले पुजीँबजारको हितका लागी आफ्नो सदैब समर्थन रहने धारणा प्रस्तुत गर्नुभएको छ।टप स्टक ट्रेडर विगत ३।४ बर्ष देखि सामाजिक सन्जाल र सडक सन्जालमा पुजीँबजारका हरेक गतिबिधिमा विश्लेषणात्मक टिप्पणि प्रस्तुत गर्ने माध्यम हो ।

टप स्टक ट्रेडर ले पुजीँबजारको विकासका लागी लगानीकर्तालाई एकवद्व गर्ने महाअभियान आजै बाट सुरु भएको साथै जग बसालिसकेको फेसबुकबाट प्रतिक्रिया दिएकाछन्।