टाईम फर्मास्युटिकल्सले आईपिओ निष्काशन गर्दै

  • प्रकाशित मिति : September 10, 2024
  • नयाँ सवाल

टाईम फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर(आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि बिक्रि प्रबन्धक नियुक्तिको विशेष प्रस्ताव सहित ३० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको भदौ १४ गते बसेको संचालक समितिको निर्णय अनुसार कम्पनीको वार्षिक साधारणसभा असोज १२ गते सोल्टी वेस्टेन्ड रिसोर्ट चितवन पटिहानीमा विहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आईपिओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।