क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले गेमिङ एकाईबाट थप कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । ६९ अर्ब डलरको मर्जर सम्झौता पछि कम्पनीले अर्को चरणमा कर्मचारीहरू निकाल्न थालेको हौ । यसबाट विश्वभर कम्पनीको कर्पोरेट र सपोर्टिङको काम गर्ने कर्मचारीहरू प्रभावित हुने बताइएको छ ।
कम्पनीले जनवरीमा १ हजार ९०० कर्मचारीलाई कामबाट निकालेको थियो भने एक्टिभिजन–ब्लिजार्ड किन्नु अघि मेमा चार वटा स्टुडियो बन्द गरेको थियो । कम्पनीले गेमिङ एकाईबाट करिब ३ प्रतिशत कर्मचारी निकाल्ने १० वर्षसम्म एक्सबक्सका प्रमुख रहेका फिल स्पेन्सरले भनेका छन् ।