मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता

  • प्रकाशित मिति : September 21, 2024
  • नयाँ सवाल

जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमतकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् । उनी शुक्रबार सभापति पदमा निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले घोषणा गरेको हो ।

यसअघि सो समितिको सभापतिमा जनमतकै प्रदेश सांसद सतिशकुमार सिंह थिए । उनी २५ जेठमा मुख्यमन्त्री बनेपछि अर्थ तथा योजना समितिको सभापति पद रिक्त थियो । प्रदेश सभाले असोज २ गते सो समितिको सभापति पदका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।