वायुसेवा कम्पनीले १६ असोजसम्म टिकटको माथिल्लो दरमा भाडा नलिने

  • प्रकाशित मिति : September 29, 2024
  • नयाँ सवाल

काठमाडौं । वायुसेवा कम्पनीहरूले आगामी बुधबारसम्म हवाई भाडामा तोकिएको माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संंघ अध्यक्ष मनोज कार्कीका अनुसार सोमबारदेखि बुधबारसम्म लागु हुने गरी सरकारले तोकेको माथिल्लो दरको भाडादरमा टिकट नबेच्ने निर्णय भएको छ ।

आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ । वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही दरको माथिल्लो बिन्दुमा टिकट बेच्ने गर्छन् । आइतबार वायुसेवा कम्पनीले सबै टिकट माथिल्लो दरमा बिक्रीमा राखेपछि आलोचना भएको थियो । वायुसेवा कम्पनीले विषय परिस्थितिमा हवाई इन्धनमा सरकारले छुट दिने हो भने कम मूल्यमा यात्रुलाई उडान सेवा दिन सकिने भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।