काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक (डिजी) फेरिएका छन् । अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ ।
जोशी सोमबारदेखि नै विभागमा हाजिर भएका छन् । जोशीले पहिले पनि विभागको महानिर्देशक भएर काम गरेका थिए । जोशीले २०५२ सालमा विद्युत् विकास विभागबाट हाइड्रोलोजिस्टको रुपमा सेवा प्रवेश गरेका थिए । २०६६ सालमा सिनियर डिभिजनल हाइइड्रोलोजिस्टरको रुपमा उनी विभागमा जोडिएका थिए । २०७५ सालमा विभागको उपमहानिर्देशक बनेका जोशी २०७८ फागुनदेखि महानिर्देशक बनेका थिए ।