काठमाडौँ उपत्यकाको चोक चोकमा फूलको व्यापार

  • प्रकाशित मिति : November 1, 2024
  • नयाँ सवाल

काठमाडौँ । शुक्रबार बिहानैदेखि काठमाडौँको स्वयम्भू, वसन्तपुर, काष्ठमण्डपसहित विभिन्न सडक किनाराबाट समेत फूलको व्यापार भइरहेको छ । सडकहरूमा फूलको मालाको व्यापार गर्नेहरूको भीड छ ।

तिहारमा अत्यधिक प्रयोग गरिने सयपत्री, सुपारी तथा मखमली फूलका माला व्यापारीहरूले प्रतिगोटा १ सय ५० देखि ३ सय ५० सम्म पनि बिक्री गरिरहेका छन् । सरकारले प्लास्टिकका फूलमालामा प्रतिबन्ध लगाएकोले यसवर्ष काठमाडौँमा अन्य वर्षको तुलनामा स्वदेशी फूलका मालाको व्यापार भने बढेको छ । काठमाडौँ महानगरपालिकाले तिहारभरी फूल बिक्रीको लागि विभिन्न ४७ स्थान तोकेपछि  यी बाहेकका स्थानहरूमा पनि फूलका माला बेच्ने र किन्नेहरूको भीड लागेको छ ।