काठमाडौं : उर्जामन्त्री दीपक खड्काले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जुनसुकै बेला भ्रमणमा बोलाउनसक्ने बताएका छन् । हिजोमात्रै भारत भ्रमण सकेर स्वदेश फर्किएका मन्त्री खड्काले भारतले प्रधानमन्त्री अोलीलाई भ्रमणमा बोलाउनेगरि तयारी थालेको खुलासा गरेका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा मन्त्री खड्काले भने,‘भारतले प्रधानमन्त्रीज्यूलाई जुनसुकै बेला भ्रमणमा बोलाउने पाएको छु ।
भारतीय पक्षले व्यापक तयारी थालेको छ।’ प्रधानमन्त्री ओली भने आगामी मंसिर १७ गते चीन भ्रमणमा जाने तय भएको छ । त्यसको लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भ्रमण संयोजनको जिम्मा दिईएको छ । यसपटक प्रधानमन्त्री ओलीले चीन भ्रमणको बेलामा चिनियाँ परियोजनाको कार्यान्वयन र नेपालमा निर्माण भएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नेगरि तयारी थालेका छन् ।