कार्तिकको अन्तिम शनिबार संकटा मन्दिरमा भक्तजनको भीड

  • प्रकाशित मिति : November 9, 2024
  • नयाँ सवाल

काठमाडौं। न्युरोडस्थित टेःबालमा रहेकाे सङ्कटा मन्दिरमा शनिबार भक्तजनको भीड लागेको छ। ग्रह शान्तिको लागिदर्शन गर्न पुगेका भक्तजनको संकटा मन्दिर परिसरमा कार्तिकको अन्तिम शनिबार भीड लागेको हो। भक्तजनलाई मन्दिर भित्र र बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिले जनाएको छ।

शनिबारका दिन संकटा मन्दिरको विशेष महत्व रहेको छ। शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिब/जोगीलाई दान गर्दा फल प्राप्ति हुने विश्वास छ। शनिबार सङ्कटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन न्युरोड  गेटदेखि नै थियो। शनिबार बिहान दर्शन गर्न दर्शनार्थीको लाइन  विशाल बजारसम्म पुगेको थियो।