९ अंकले बढ्यो नेप्से परिसूचक

  • प्रकाशित मिति : November 20, 2024
  • नयाँ सवाल

काठमाडौँ । मंगलबार ५१ अंकले घटेको सेयर बजार (नेप्से)मा बुधबार ९ अंकको वृद्धि देखिएको छ । २७०५ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच परिसूचक २७११.७५ बिन्दुमा पुगेको छ । बुधबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ८९ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

बुधबार १ करोड ५४ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार कारोबार रकमका हिसाबले नाग्दी ग्रुप पावर शीर्ष स्थानमा छ । यसको ३२ करोड ८१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार विकास बैंकप्रति लगानकर्ताहरू झुम्मिए । यो उपसमूहको सूचक ३.३८ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स उपसमूह १.६६ र जलविद्युत् उपसमूहको सूचक १.२८ प्रतिशतले बढ्यो ।