संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै । सरकारद्वारा पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार । स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय, आज देशैभर वर्षाको सम्भावना, सुनकोशी र भोटेकोशी नदी तटका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसम विभागकाे आग्रह।
सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो

काठमाडाैँ । नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ ।  अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ऋणको आन्तरीक तथा वाह्य ऋण बढ्दै गएको हो । कार्यालयका अनुसार सार्वजनिक ऋण २०८२ जेठ मसान्तसम्ममा २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । चालु आ...

भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौँः प्रमुख सचेतक शाही

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरु एकजुट भएर अघि बढ्न अपिल गर्नुभएको छ ।  प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विषेशको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको हो । उहाँले उक्त प्रकरणमा अहिलेका गहमन्...

खेलकूद

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको नेपालको दोस्रो भिडन्तको प्रतिक्षा धेरैले गरेका छन्। पहिलो खेलमा तेस्रो सुपर ओभर पुग्दासमेत पराजित भएको नेपाल दोस्रो भेटमा नेदरल्यान्ड्ससँग बदला लिने दाउमा छ। तीन खेल खेलिसकेको नेदरल...

माैसम पूर्वानुमान

आजकाे माैसमः देशभर वर्षाकाे सम्भावना

काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  साथै पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्र...

राजनीति

एमसिसी नेपालमा निरन्तर रहने

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ। गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने रोकमा एमसिसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसिसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिएका थिए। यस अपवादले एमसिसी नेपाल क...

राशिफल

२०८२ साल असार ५ गते बिहीबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । २०८२ साल असार ५ गते बिहीबार। तदनुसार १९ जुन २०२५ अष्टमी तिथी ८ घडी ४५ पला उप्रान्त नवमी तिथी प्रारम्भ  हुनेछ । उत्तरभाद्र  नक्षत्र ३८ घडी ५२ पला उप्रान्त रेवती  नक्षत्र प्रारम्भ हुनेछ । सौभाग्य योग तैतिल करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ७ बजे हुनेछ। आज बिहीबार चन्द्रमा मीन राशिमा । मेष राशिस्वास्थ्यसम्बन्...