देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक छ : शेखर कोइराला

  • प्रकाशित मिति : December 1, 2023
  • नयाँ सवाल

नवलपरासी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, सामाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताए ।

उनले भने, “देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जान्छ । कृषि प्रधान देश भन्छौँ, तर किसानकै लागि ठूलाठूला समस्या छन् । देशमा देखिएको भ्रष्टाचारले आमनगरिकको अनुहारमा खुसी छैन ।”

देशमा भ्रष्टाचार छ भन्छौँ, तर कहाँ छ ? भन्ने कुरामा पुग्न नसकेको उनको भनाइ छ । कोइरालाले भने, “स्थानीय तह आएपछि वडा र पालिकाबाट मात्रै भ्रष्टाचार भएको भनेका छौँ । सङ्घीयता हटाउनका लागि तलबाट भ्रष्टाचार भएको धेरैले भनेका छन् । तर, भ्रष्टाचार त केन्द्रदेखि नै रहेको छ ।”