१० लाखमा क्रोएसिया पठाउने भन्दै दुई लाख लिएर फरार व्यक्ति पक्राउ

  • प्रकाशित मिति : December 1, 2023
  • नयाँ सवाल

काठमाडौं । क्रोएसिया पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाकी भवानी बोहरालाई पक्राउ गरेको छ ।

उनले बाबुराम कार्कीलाई वैदेशिक रोजगारीका लागि १० लाख रुपैयाँ लागतमा क्रोएसिया पठाउने आश्वासन दिएर पैसा मागेकी थिइन् ।

प्रहरीका अनुसार कार्कीलाई क्रोएसियामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने बताएर उनले दुई लाख रुपैयाँ लिएकी थिइन् । तर, रकम लगिसकेपछि सम्पर्कविहीन बनिन् ।

पीडित कार्कीले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । प्रहरीले आज बिहान ललितपुरको महालकक्ष्मीबाट पक्राउ गरेको हो ।