जुनसुकै विषयमा स्नातक गरेकाले स्नातकोत्तरमा अंग्रेजी पनि पढ्न पाउने
- प्रकाशित मिति : December 2, 2023
-
नयाँ सवाल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका छन् । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको, वा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कुनैपनि विश्वविद्यालयबाट न्यूनतम १०० पूर्णाङ्क वा सो सरह अंग्रेजीसहित कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकोले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका हुन् ।
अंग्रेजी मात्रृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकाले समेत पढ्न पाउनेछन् ।