काठमाण्डाै – आठौँ घरजग्गा मेलामा दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यही पुस १२ गतेदेखि काठमाण्डाैकाे भृकुटीमण्डपमा भएकाे चार दिने मेलामा दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले बताउनुभयो ।
अध्यक्ष धमलाका अनुसार ४० हजार जनाभन्दा धेरैले मेलाकाे अवलोकन गरेका छन् । उहाँले मेला सोचेको भन्दा निकै राम्रो भएको प्रतिक्रिया दिनुभयाे । अर्को पटकको मेला झनै विशेष सुविधा र छुटसहित आयाेजना गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
अध्यक्ष धमलाले लिखित र मौखिकरूपमा सरकारले केही गरोस् भनेर सुझाव दिए पनि काम नबनेपछि व्यवसायी आफैँ मिलेर मेला आयाेजना गर्दा सफल भएको बताउनुभयो । मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको उहाँकाे भनाइ छ ।