नेप्से परिसूचक ०.६२ अंकले घट्यो ; चार अर्बबढीको कारोबार

  • प्रकाशित मिति : January 11, 2024
  • नयाँ सवाल

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बिहीबार ०.६२ अंकले घटेको छ । ०.०३ प्रतिशतले घटेर नेप्से २०८८.९९ को विन्दुमा झरेको हो ।

यस दिन दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

१२१ कम्पनीको सेयर मूल्य बढेको छ । ११७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ ।

१३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ । ६ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

नेपाल एसबीआई बैंक ऋणपत्रको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ ।