धादिङ। नेत्रावती गाउपालिका वडा न. ४ थर्पु मा जन्मिएका रबिन नगरकोटि बिगत ४ वर्ष देखि पुलिस क्लब बाट भलिवल खेल्दै आएका छन। सानै उमेर देखि भलिवल खेलमा रुचि राख्ने रबिन गाउ टोल स्तरको कुनै पनि प्रतियोगिताहरु छुटाउदैन थिए। भलिवल खेललाई नै आफ्नो सपना ठान्ने रबिन भलिवल बाटै चर्चा कमाउन सफल भएका छन।
हालै सम्पन्न ३४ औ राष्ट्रिय पुरुष भलिवल प्रतियोगितामा आफ्नो टिमलाई जिताउदै उत्कृष्ट ब्लकर उपाधि समेत हात पार्न सफल रबिन अहिले नेपालि भलिवल को राष्ट्रिय टिममा पनि पर्न सफल भएका छन। रबिनले यो भन्दा अगाडि पनि थुप्रै अवार्डहरु हात पारिसकेका छन।
रबिन अहिले २४ वर्ष भए । २४ वर्षको उमेरमै राष्ट्रिय टिममा समेटिएका रबिनको खेल जिवन अझै धेरै बॅाकि छ। क्रिकेट,फुटबल जस्तो भलिवलको क्रेज पछिल्लो समयमा कम भएता पनि नेपालि भलिवल टिमलाई एउटा नया उचाईमा पुर्याउने सोच रबिनको छ । रबिन भन्छन “नेपाललाई भलिवल मार्फत संसारमा चिनाउने मन छ”।