कृषि विकास बैंकले सार्वजनीक गर्याे दुई नयाँ प्रोडक्ट

  • प्रकाशित मिति : January 21, 2024
  • नयाँ सवाल

काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले वार्षिक उत्सवको अवसरमा दुई नयाँ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो ५७ औँ वार्षिक उत्सवको अवसरमा ओभर ड्राफ्ट डेविट कार्ड र फ्रि कल सेन्टर सुचारु गरेको हो।

विगतमा वेवसाइटमा नम्बर र मेल उपलब्ध गराएर मात्रै ग्राहकलाई सहजिकरण गरिरहेको बैंकले अब भने छुट्टै कर्मचारी नै तोकेर फ्रि कल सेन्टर सञ्चालनमा ल्याईएको बैंकका सूचना अधिकारी हिमलाल पौडेलले बताए।

यसबाट सेवाग्राहीले कर्जा भुक्तानी, व्याज भुक्तानी, कर्जा नविकरणको समयअवधिलगायतका जिज्ञासाहरुको सुविद्या लिने सकिने छ।