राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतगणना सुरु

  • प्रकाशित मिति : January 25, 2024
  • नयाँ सवाल

सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो १ बजेतिर सकिएको थियो । महिला कलस्टरबाट मतगणना सुरू भएको छ।

तीन सिटका लागि कर्णालीमा ६ जनाको प्रतिस्पर्धा रहेको छ। ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन्।