काठमाडौँ उपत्यका तुवाँलोले धुम्म

  • प्रकाशित मिति : January 30, 2024
  • नयाँ सवाल

काठमाडौँ । काठमाडौँ उपत्यका तुवाँलोले धुम्म देखिएको छ । मंगलबार बिहानदेखि काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरलाई हुस्सु–तुवाँलोले ढाकेको हो ।

यस्तै मधुरो घाम र तुवाँलोले उपत्यकामा जाडो पनि बढेको छ । समयमा हिउँदे वर्षा नहुँदा उपत्यका तुवाँलोले धुम्म देखिएको हो ।