आज सुनको भाउ बढ्यो , चाँदीको घट्यो

  • प्रकाशित मिति : February 1, 2024
  • नयाँ सवाल

काठमाण्डौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १८ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज दश रुपैयाँ घटेर १४ सय १० रुपैयाँ पुगेको छ ।