बस र टिपर ठोक्किँदा १७ जना घाइते

  • प्रकाशित मिति : February 2, 2024
  • नयाँ सवाल

काठमाडौं ।  पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले दुर्घटनाबारे जानकारी दिँदै भने, ‘१७ जना घाइतेमध्ये ६ जना डिस्चार्ज भइसक्नु भएको छ । अस्पतालमा उपचाररत बाँकी ११ जनामध्ये एकजना सिरियस हुनुहुन्छ । उहाँको टाउकोको अपरेसन गर्नुपर्ने भनिएको छ ।’