काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक संवाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन्।
आइतबार चितवनमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन्। अभियानका क्रममा गठबन्धनका विषयमा आएका सुझावलाई अब पार्टीको दस्तावेजमा लेख्न सकिने उनले बताए। उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टी भए त्यस्ता गतिविधिलाई सच्याउनुपर्ने धारणा राखे।