नेपाल-क्यानडाबीच खेल भइरहेको ठाउमा सन्दीपको नारा लगाउने दुई जना पक्राउ

  • प्रकाशित मिति : February 8, 2024
  • नयाँ सवाल

काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलमा दर्शकले बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएका दुई जनालाई नियन्त्रणमा लिएको छ।

कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए। त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो। केहीबेर खेल समेत रोकिएको थियो।