दैलेखको आठबिस नगरपालिका–८ का एक युवक मृत फेला

  • प्रकाशित मिति : February 9, 2024
  • नयाँ सवाल

सुर्खेत । दैलेखको आठबिस नगरपालिका–८ का एक युवक मृत फेला परेका छन् । बुधबारदेखि बेपत्ता भएका स्थानीय १६ वर्षीय आकाश नेपाली शुक्रबार मृत फेला परेका हुन् ।

उनको शव बाटोबाट टाढा जंगलमा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगिसकेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा प्रहरीको टोली घटनास्थल जान लागेको छ । लम्सालले घटनाबारे अनुसन्धानपछि मात्रै थाह हुने बताए ।