इसरोले गर्‍यो नयाँ रकेट लन्च

  • प्रकाशित मिति : August 16, 2024
  • नयाँ सवाल

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले नयाँ रकेट लन्च गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट रकेट एसएसएलवी–डी३/ईओएस–०८ मिसनको तेस्रो उडान सुरु गरेको हो ।

इसरोको यो मिसन सफल भएपछि प्राकृतिक प्रकोपसँग सम्बन्धित जानकारी सङ्कलन गर्न सहज हुने बताइएको छ । प्रक्षेपणको समयमा इसरो प्रमुख एस सोमनाथ पनि उपस्थित थिए । ‘अन्तरिक्ष यानको योजनाअनुसार रकेट सही कक्षमा स्थापित भइसकेको छ । मलाई लाग्छ यसको स्थितिमा कुनै विचलन हुने छैन’ सोमनाथले भनेका छन् । अहिलेलाई सबै ठिकठाक रहेको पनि उनले बताए । एसएसएलवीको प्रक्रिया पूरा भएको अब आफूहरूले भन्न सक्ने पनि उनले बताए ।