दैलेखमा लोहोरे खोलाको जलसतह सतर्कता तह पार, सतर्क रहन आग्रह

  • प्रकाशित मिति : August 18, 2024
  • नयाँ सवाल

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षासँगै दैलेख जिल्लास्थित लोहोरे खोला तल्लोढुङगेश्चर जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ ।

बिहान ९:३० बजे जारी सूचना अनुसार जलसतह बढ्दो क्रममा रहेका छ । महाशाखाले उक्त खोलाको तटीय क्षेत्र रहनेहरूले दिउँसो सम्म सतर्कता अपनाइराख्न अनुरोध गरेको छ।