युएई । यस पटकको तिजमा युएईवासी नेपालीहरूलाई गायिका हरिदेवी कोइराला, गायक पुरुषोत्तम न्यौपाने र गायिका आशा बिसीले साङ्गीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिने भएका छन् ।युएईमा विगत एक दशकदेखि विभिन्न सामाजिक गतिविधिमा क्रियाशील कास्की आदर्श समाज युएईको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रमका लागि उनीहरू युएई जान लागेका हुन् ।
कार्यक्रम सेप्टेम्बर १ अर्थात् भाद्र १६ २०८१ का दिन युएईको बरदुवैस्थित अस्टोरिया होटेल को याक एन्ड यति क्लबमा हुने तय भएको समाजका महसचिव यम रानाभाटले बताए । उनले कार्यक्रमका लागि तयारी पुरा भईसकेको पनि जानकारी दिए । पछिल्लो समय तीजका कतिपय गीतहरू विवादित बनेको अवस्थामा कास्की आदर्श समाज युएईले पुराना कलाकारको उपस्थितिमा फरक किसिमको कार्यक्रम गर्न लागेको उनको भनाइ छ ।