नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर

  • प्रकाशित मिति : September 5, 2024
  • नयाँ सवाल

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै बिहीबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।