चीनको लागि जासुसी गर्ने पूर्वसीआईए अधिकारीलाई १० वर्षको जेल सजाय

  • प्रकाशित मिति : September 12, 2024
  • नयाँ सवाल

वासिङ्टन डिसी । अमेरिकाले पूर्वसीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाएको छ । चीन सरकारका लागि जासुसी गरेपछि ७१ वर्षीय आलेक्जेन्डर युक चिङ मालाई सो सजाय सुनाइएको हो । आफूले अमेरिकाको गोप्य दस्ताबेज चीनलाई बेचेको उनले अन्डरकभर एबपीआई एजेन्टसामु स्वीकार गरेपछि मा सन् २०२० को अगस्टमा समातिएका थिए ।

हङकङमा जन्मिएका मासँग अमेरिकी नागरिकता छ । उनले सन् १९८२ देखि सन् १९८९ को बिचमा सीआईएका लागि काम गरेका थिए । पछि उनी एफबीआईमा गए । हङकङमा रेकर्ड भएको एउटा भिडियोमा माले गोप्य दस्ताबेज बेचेर ५० हजार डलर नगद गनिरहेको देखिएको सङ्घीय अभियोजनकर्ताहरूले भनेका छन् ।