हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनस सेयर दिने

  • प्रकाशित मिति : September 13, 2024
  • नयाँ सवाल

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर दिने भएको छ । सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको घोषणा अब बस्ने साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले बुक क्लोजको मिति तय गरेको छैन । कम्पनीले अघिल्लो वर्ष पनि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिएको थियो ।