काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठकमा पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने बताइएको छ ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । त्यस्तै उपसभामुख इन्दिरा रानाबारे पनि छलफल गरी पार्टीको धारणा बनाउने बताइएको छ ।