मोरङमा १० लाख नगदसहित जुवाडे पक्राउ

  • प्रकाशित मिति : November 2, 2024
  • नयाँ सवाल

काठमाडौँ । मोरङमा १० जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार राति  विराटनगर महानगरपालिका  ११ स्थित संगम पार्टी प्यालेसबाट १० जना जुवाडे पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार स्थानीय ६१ वर्षीय राजन कँडेलसहित १० जना पक्राउ परेका छन् ।

उनीहरुबाट दश लाख, ६ हजार ९ सय पन्चानब्बे र पाँच बुक तास समेत बरामद गरिएको उनले बताएका छन् । पार्टी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।